विपन्न गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा

spot_img

कल्याणपुर (सप्तरी), साउन २ गते । सप्तरीको महदेवा गाउँपालिकाले विपन्न परिवारका गर्भवती महिलाहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।

गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८२/०८३ को साउन १ गतेदेखि विपन्न परिवारका गर्भवती महिला तथा दुर्घटनामा परेका व्यक्ति लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।

यस गाउँपालिका क्षेत्रभित्रका विपन्न गर्भवती तथा सुत्केरी महिलाहरुको लागि साउन १ देखि यस्तो सेवा सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष सुनिलकुमार मण्डलले जानकारी दिनुभयो ।

उहाँले गाउँपालिका भित्र चिकित्सकसहित दुईवटा बर्थिङ सेन्टर सञ्चालनमा रहेकोले अब गर्भवती महिलाहरुको त्यहाँसम्म सहज पहुँच हुने विश्वास व्यक्त गर्नुभयो ।

“विपन्न परिवारका गर्भवती महिलाहरुका लागि पालिका क्षेत्रभित्र र अन्तर जिल्लासम्म  निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ,’’ अध्यक्ष मण्डलले भन्नुभयो, “यसले सुरक्षित मातृत्व र शिशु सुरक्षामा ठुलो मद्दत पुग्नेछ ।’’

यस्तै सुत्केरी आमाहरूलाई अधिकतम दुई पटकसम्म प्रतिपटक पाँच हजार रुपियाँ प्रोत्साहन भत्ता उपलब्ध गराइने, गरिव तथा आर्थिक रुपले विपन्न परिवारका व्यक्तिहरुको मृत्यु भएमा किरिया खर्चका लागि १० हजार रुपियाँ दिने कार्यक्रम समेत सुरु गरिएको अध्यक्ष मढडलले जानकारी दिनुभयो ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः