वीरगन्ज,८ असोजः वीरगन्ज महानगरपालिकामा रहेका सम्पूर्ण विद्यालयहरुमा भोलि असोज ९ गते पठनपाठन बन्द गरिने भएको छ ।आज बिहीबार महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले एक सूचना जारी गर्दै भोलि असोज ९ गते महानगरका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा पठनपाठन बन्द रहने जानकारी गराएको हो ।
शिक्षा तथा खेलकुद मन्त्रालयबाट प्राप्त पत्रअनुसार, नेपालका विभिन्न स्थानमा भारी वर्षा, हावाहुरी तथा चट्यांग पर्ने सम्भावना रहेकाले प्रतिकुल प्रभावलाई मध्यनजर गरी असोज ९ गते एक दिन महानगरका सम्पूर्ण विद्यालयहरुमा पठनपाठन बन्द रहने महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।
साथै समुदायमा विपद हुने अवस्था भएमा विद्यालयका भवनहरुलाई सुरक्षित तवरले आश्रयस्थलका रुपमा प्रयोग गर्न सकिने गरी तयारी अवस्थामा राख्न पनि महानगरपालिकाले विद्यालय प्रशासनलाई निर्देशनपनि दिएको छ ।






