वीरगञ्ज, पर्सा – वीरगञ्ज महानगरपालिकाका विभिन्न सडक खण्डहरूको सीमांकन कार्य अघि बढ्ने भएको छ। यो कार्य सडक विभाग, सडक डिभिजन कार्यालय हेटौंडा को पहलमा सञ्चालन गर्न लागिएको हो।
सडक सीमांकनसम्बन्धी निर्णय २०७९/११/५ गते वीरगञ्ज महानगरपालिकाको कार्यालयमा भएको बैठकमा गरिएको थियो। सोही अनुसार गण्डक चौक – पावर हाउस चौक – घण्टाघर – बीरगञ्ज – रक्सौल जाने चौक – मितेरी पुलसम्मको सडक सीमा (२५/२५ मिटर) निर्धारण गरिनेछ।
सडक विभागले नापी कार्यालय, वीरगञ्जलाई सीमांकन कार्यमा आवश्यक समन्वय गर्न आग्रह गरेको छ। साथै, यस कार्यमा जिल्ला प्रशासन कार्यालय पर्सा, वीरगञ्ज महानगरपालिका, वीरगञ्ज पथलैया सडक योजना लगायतका सम्बन्धित निकायहरूले आवश्यक सहयोग गर्ने जनाइएको छ।
सडक सीमांकनपछि सडक संरचनाको व्यवस्थापनलाई व्यवस्थित बनाउने लक्ष्य राखिएको छ।
(पत्राचार : सडक डिभिजन कार्यालय, हेटौंडा)




