कैलालीको मोहना नदीमा डुबेर दुई किशोरको मृत्यु

कैलालीको धनगढीमा नुहाउने क्रममा नदीमा डुबेर दुई किशोरको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका– १९ फूलबारीस्थित मोहना नदीमा नुहाउने क्रममा डुबेर दुई किशोरको मृत्यु भएको हो । नदीमा डुबेका दुईजनाको भने उद्धार गरिएको छ ।

मृत्यु हुनेमा फूलबारीका १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आशिष ओझा रहेको प्रहरीले जनाएको छ । नदीमा डुबेका उनीहरूलाई मृत अवस्थामा निकालिएको थियो ।

उनीहरूसँगै नदीमा नुहाउन गएका १६ वर्षीय करन सिंह धामी र १५ वर्षीय आदर्श पुजाराको उद्धार गरिएको छ ।

दुवै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । होलीको रङ्ग खेलिसकेपछि उनीहरु नुहाउन गएको बुझिएको छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः