नेशनल मेडिकल कलेजले आन्दोलनरत चिकित्सकलाई होस्टेल छाड्न दिएको १२ घण्टे अल्टिमेटम हाललाई स्थगित

spot_img

वीरगन्ज,९ असोजः वीरगन्ज–१५ स्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले प्रथम वर्षका स्नातकोत्तर आवासीय (पीजी) चिकित्सकहरूलाई कलेजको छात्रावास (होस्टेल) र क्वार्टर छाड्न दिएको १२ घण्टे अल्टिमेटम प्रतिकूल मौसमका कारण हाललाई स्थगित गरेको छ ।

मेडिकल कलेजले बिहीबार राति सूचना जारी गर्दै कलेजबाट उपलब्ध गराइएको छात्रावास, क्वार्टर वा अन्य आवासीय सुविधा १२ घण्टाभित्र खाली गर्न दिइएको निर्देशन हालका लागि स्थगित गरेको जनाएको हो ।

मेडिकल कलेज प्रशासनले जिल्ला प्रशासन कार्यालय पर्साबाट जारी भएको प्रतिकूल मौसम, भारी वर्षा र बाढीको जोखिमलाई मध्नजर गर्दै उक्त अल्टिमेटम अर्को सूचना नभएसम्म रोकिएको जनाएको छ ।

यसअघि मेडिकल कलेजले नै बिहीबार बिहान एक सूचना जारी गर्दै भनेको थियो , ‘सम्पूर्ण प्रथम वर्षका स्नातकोत्तर आवासीय चिकित्सकहरूलाई यो सूचना जारी भएको समयदेखि १२ घण्टाभित्र कलेजबाट उपलब्ध गराइएको छात्रावास कोठा–क्वार्टर वा अन्य कुनै आवासीय सुविधा खाली गरी आफ्नो जिम्मामा रहेको कलेजको कुनै पनि सम्पत्ति सम्बन्धित छात्रावास–प्रशासन कार्यालयमा बुझाउन निर्देशन दिइएको छ ।’

साथै अर्को सूचनामा चना जारी नभएसम्म सम्पूर्ण प्रथम वर्षका स्नातकोत्तर आवासीय चिकित्सकहरूको शैक्षिक गतिविधि, क्लिनिकल पोस्टिङ, विभागीय प्रशिक्षण, ड्युटी र अन्य सबै प्रशिक्षण गतिविधिहरू स्थगित रहने मेडिकल कलेजले प्रस्ट पारेको थियो ।

केही दिन पहिला मात्रै आन्दोलनरत चिकित्सकहरूले काठमाडौं गएर आफ्नो जायज माग पूरा गराउनको लागि शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल, त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान का डीन प्राध्यापक डा. मोहन राज शर्मा, नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष डाक्टर बद्री रिजाल लगायतलाई भेटेका थिए।

मेडिकल कलेजको छात्रावास र क्वार्टर खाली गराउन १२ घण्टे सूचना निकालेर गार्डहरूलाई समेत परिचालन गरेर सडकमा ल्याउन खोजिरहेको आरोप चिकित्सकहरूले लगाएका छन्।प्रथम वर्षमा लगभग ५२ जना चिकित्सकहरू अध्ययन रहेकोमा २१ जना जति छात्रावासमा बस्ने गरेका छन्।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः