वीरगन्ज,१६कात्तिक :पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर ५ मा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिराभवानी गाउँपालिका–५ सखुवनियाका ४५ वर्षीय सन्जय खवास रहेका छन्।
जीराभवानी गाउँपालिका–५ स्थित सडकमा आइतबार राति खवासदआँफैले हाकेकाे बा.४४ प २३०० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियाे ।
दुर्घटनामा मोटरसाइकल चालक खवाि गम्भीर घाइते भएका थिए ।
घाइते खवासलाई उपचारका लागि वीरगन्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा ल्याइएको र त्यहीँ उपचारकै क्रममा उनको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।






