शृंखलाको प्रेम चर्चा

सन् २०१८ की मिस नेपाल श्रृङ्खला खतिवडा अहिले विदेशमा छिन् । उनी टर्कीको इस्तानबुलमा घुमफिर गरिरहेको तस्वीर उनको इन्स्टाग्रामबाट थाहा हुन्छ । तर, उनी टर्की पुगेसँगै उनको प्रेमले नेपालमा भने राम्रै चर्चा पाइरहेको छ ।

टर्कीमा उनले भ्ल्गर शिसन बाँनियासँग खिचेको एक तस्वीरले नै उनीहरू प्रेममा रहेको चर्चा सुरु भएको हो । हुनत, शिसन र श्रृङ्खलाको प्रेम चर्चा नेपालमा चल्न थालेको पनि केही समय भयो । तर, यो विषयमा दुवैले मुख भने खोलेका छैनन् । शिसनको काँधमा श्रृङ्खलाले टाउको राखेर फोटो खिचाएसँगै उनीहरूको प्रेमको चर्चा सामाजिक संजालमा फैलिएको छ ।

शिसन भ्ल्गर हुन् । उनले श्रृङ्खलाका लागि मिस नेपालको प्रतिस्पर्धामा बनाएका भिडियो चर्चामा थिए । श्रृङ्खलाले पनि शिसनको नाम आफ्नो सफलतामा लिने गरेकी छिन् । मिस नेपालहरू अहिले आफ्नो प्रेमलाई खुलाउन थालेका छन् । यहीबीचमा, श्रृङ्खलाले पनि टर्की पुगेर प्रेमको घोषणा घुमाउरो पारामा गरेको हुनुपर्छ । तर, यो विषयमा दुइले औपचारिक रूपमा केही पनि बताएका छन् ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः