एक चाइनिज कम्पनी अप्पोले बिना वाइफाई र सिमको प्रयोगबाट कल गर्न मिल्ने नयाँ प्रविधि ल्याएको छ । यस प्रविधिबाट प्रयोगकर्ताले वाइफाई, ब्लुतुथ र सिमको सेलुलर कनेक्सन बिना नै एक प्रयोगकर्ताले अर्को प्रयोगकर्तासँग कुराकानी गर्न सक्नेछन् । यसको प्रविधिलाई अप्पोले मेसटक नाम दिएको छ ।
अप्पोका अनुसार ३ किलोमिटर बीचको दुरीमा रहेको दुई अप्पो स्मार्टफोनका प्रयोगकर्ताले एक आपसमा कुराकानी गर्न सक्नेछन् । अप्पोका अनुसार यस प्रविधिलाई धेरै भीड वा वातावरणका कुनै पनि तत्वले केही प्रकारको असर गर्दैन ।
यसका लागि अप्पोले एड हक नेटवर्क संचालनमा ल्याउने छ जसको सहायताबाट अप्पोका स्मार्टफोनहरू एक आपसमा कुराकानी गर्न सक्नेछन् । यस प्रविधिको प्रयोगका लागि कुनै पनि बेस स्टेशनको आवश्यकता पर्दैन । अप्पोका अनुसार यस प्रविधिले स्मार्टफोनको ब्याट्रीमा कुनै पनि प्रकारको असर पार्दैन । कम्पनीका अनुसार यस प्रविधि संचालनमा भए पनि उक्त स्मार्टफोनले ७२ घण्टा सम्म स्ट्यान्ड बाइ समय प्रदान गर्नेछ ।
यस प्रविधि हालै संचालनमा रहेका अप्पो स्मार्टफोनहरूले प्रयोग गर्न पाउने छन् कि छैनन् भन्ने कुराको केही जानकारी आएको छैन । यस प्रविधिको लन्च मिति पनि हालै सार्वजनिक गरिएको छैन । तर , अप्पोले यस फिचरको डेमो भने अहिले चिनको सांघाईमा भएको MWC मा देखाएको छ ।




