धनकुटाको तीनघुम्तीमा बस पल्टियो

वीरगञ्ज| कोशी राजमार्ग अन्तर्गत धनकुटाको धनकुटा नगरपालिका–९ तीनघुम्तीमा यात्रुबस दुर्घटना भएको छ ।

झापाको दमकबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको प्र.१–०२–००१ ख ९५१९ नम्बरको सप्तकोशी यातायातको बस सडक किनारमै पल्टिएको हो ।दुर्घटनामा मोरङको लेटाङ नगरपालिका–३ की ५५ वर्षीया मिना गुरुङ घाइते छिन् । उनलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।बसमा रहेका अन्य २६ यात्रुको अवस्था सामान्य छ ।बस दुर्घटनाको कारण खुलेको छैन । केही पड्किएको जस्तो आवाज आएको र बस अनियन्त्रित भई पहाडको भित्तातर्फ सडक किनारमा पल्टिएको यात्रुहरुले बताएका छन् ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः