कांग्रेस बैठकमा विवाद : पहिला महाधिवेशन कि निर्वाचन

वीरगञ्ज : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पार्टीको महाधिवेशनका बारेमा सदस्यहरूले फरक-फरक मत राखेका छन्। बिहीबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा केही सदस्यहरूले निर्वाचनअघि नै विशेष महाधिवेशनमा जानुपर्ने र केही सदस्यहरूले निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने धारणा राखेका हुन्।केही सदस्यहरूले भने निर्वाचनअघि विशेष नभइ नियमित महाधिवेशन गर्न सकिने धारणा राखेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए।

प्रतिनिधिसभा निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने पार्टीमा बलियो मत रहेको उनले बताए। सरकारबाट सुरक्षाको सुनिश्चितता भयो भने निर्वाचनमा जानुपर्ने र पार्टीले त्यसको तयारी गर्नुपर्ने सुझाव आएको प्रवक्ता महतको भनाइ छ।

सबै विषयमा आएका सुझावहरूका आधारमा निष्कर्ष निकालेर छिटै बैठक सम्पन्न गरिने उनले बताए। बिहीबार बैठकमा मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुर सिंह (लामा) तामाङ, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार के.सी लगाएत बागमति र लुम्विनीका प्रदेश समापतिले धारणा राखेका थिए । बैठक शुक्रबार पनि जारी रहने प्रवक्ता महतले बताए।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः