कसैप्रति नकारात्मकता फैलाउने काम नगरौं : सन्दीप लामिछाने

spot_img

वीरगञ्ज, कात्तिक ७ गते। क्रिकेटर सन्दीप लामिछानेले कसैप्रति घृणा वा नकारात्मकता फैलाउने काम नगर्न अनुरोध गर्नुभएको छ। प्याराडाइम टिभीले तयार गरेको सामग्रीमा आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै उहाँले फेसबुकमार्फत आपत्ति जनाउनुभएको थियो। लामिछानेले बुधबारको पोस्टमा जानाजानी आफ्नो व्यक्तिगत जीवन, मर्यादा र गोपनीयतालाई क्षति पुर्‍याउने उद्देश्यले त्यो सामग्री तयार गरिएको दाबी गर्नुभएको थियो।

बिहीबार पुनः फेसबुकमा स्टाटस लेख्दै उहाँले सबैको माया र समर्थनको कदर गर्ने बताउनुभएको छ।

‘जे भयो  त्यो साँच्चै स्वीकार्य थिएन। म तपाईंहरूको सबै भावना बुझ्छु। तर कृपया, कसैप्रति घृणा वा नकारात्मकता फैलाउने काम नगरौं। कोही पनि यसको योग्य छैन।’

सन्दीपले आफ्नो ध्यान अहिले क्रिकेटमा भएको र यूएईबाट नेपाल फर्किएपछि यो विषयमा थप सम्बोधन गर्नेसमेत बताउनुभएको छ। ‘म अहिले दुबईमा भएकोले, मेरो पूर्ण ध्यान क्रिकेट विश्वकप लिग–२ का खेलमा छ। म फर्केपछि यो विषयमा थप सम्बोधन गर्नेछु’, सन्दीपले फेसबुकमा लेख्नुभएको छ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः