१३ दिनदेखि हराएकी बालिका मृत फेला

spot_img

वीरगञ्ज। मोरङको लेटाङ नगरपालिका–२ की १३ दिनदेखि हराएकी एक बालिका मृत अवस्थामा फेला परेकी छन् ।लेटाङ–२ निवासी अंशु गौतमको शव आज (शुक्रबार) चिसाङ साझेदारी वनमा फेला परेको हो ।

स्थानीयवासी घाँस काट्न जाने क्रममा वनभित्र बालिकाको शव देखेपछि तत्कालै प्रहरीले खबर गरेका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय लेटाङ र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको र प्रारम्भिक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। अहिले घटनास्थलमा मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल सहितको टोली पुगेर अनुसन्धान सुरु गरेको छ ।

अंशु करिब १३ दिनअघि असोज २१ गते घरबाट हराएकी थिइन्। परिवारले उनको खोजीका लागि विभिन्न ठाउँमा सूचना समेत दिएका थिए। घटनास्थल वरिपरि सुरक्षा घेराबन्दी गरी अनुसन्धान भइरहेको र शव पोस्टमार्टमका लागि पठाइने प्रहरीले जानकारी दिएको छ ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः