पछिल्लो समय टिकटक निकै लोकप्रिय भैरहेको छ र टिकटकमा झुम्मिनेहरूको संख्यामा निरन्तर वृद्धि भइरहेकै छ । तर टिकटकको लत बढेसँगै यसले पार्ने समस्याहरूमा पनि वृद्धि भैरहेको छ । टिकटकले पछिल्लो पटक एकजनाको ज्यान लिएको छ ।
टिकट भिडियो बनाउने क्रममा भारतको हैदरवादमा एक जनाको मृत्यु भएको छ । टिकटक भिडियो बनाउने क्रममा तालमा खसेर उनको मृत्यु भएको हो । बुधबार हैदरादको मेदचाल जिल्लास्थित डुलापाल्ली तालमा उक्त घटना भएको हो । नरसिंह नाम गरेका ती युवक टिकटकमा भिडियो रेकर्ड गर्ने क्रममा तालमा खसेको थिए ।
उनले तालको छेउँमा उभिएर अभिनय गरिरहेका थिए भने उनका साथीले भिडियो खिचिरहेका थिए । त्यसक्रममा उनी चिप्लिएर तालको गहिराइमा खसेको बताइएको छ । उनी पौडी खेल्न नजान्ने भएको हुँदा बाहिर निस्किन नसकेको र उनको मृत्यु भएको समाचारमा उल्लेख छ । बिहिबार मात्र प्रहरीले उनको लास तालबाट निकालेको थियो ।
स्रोत: एजेन्सी




