प्र.नि. लोकराज भट्ट ‘असार महिनाको उत्कृष्ट ट्राफिक प्रहरी’ सम्मानित

spot_img

पथलैया (बारा) – नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले २०८२ असार महिनाको ‘BEST TRAFFIC POLICE OF THE MONTH’ को अवार्ड जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगञ्ज, पर्सामा कार्यरत प्रहरी निरीक्षक (प्र.नि.) लोकराज भट्ट लाई प्रदान गरेको छ।

कम्प्युटर कोड नं. ३४४८० र संकेत नं. ८-००००२३५५ का प्र.नि. भट्टले विभागीय मूल्य, मान्यता र आदेशअनुसार ईमानदार, कर्तव्यनिष्ठ, बफादार, अनुशासित र लगनशील रहँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा उत्कृष्ट कार्यसम्पादन गरेका थिए।

भट्टको नेतृत्वमा वीरगञ्ज ट्राफिक प्रहरी कार्यालयले अघिल्लो आ.व.को तुलनामा मधेश प्रदेशका ८ वटै जिल्ला ट्राफिक प्रहरी कार्यालयमध्ये उच्च राजश्व संकलन गर्ने, कार्यसम्पादन सम्झौतामा लक्ष्य हासिल गर्ने र जनचेतनामूलक कार्यक्रमहरू सञ्चालनमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै कार्यालयले उनको योगदानको उच्च मूल्याङ्कन गरेको हो।

प्र.नि. भट्टलाई तेह्र सय रुपैयाँ नगद पुरस्कारसहित ‘BEST TRAFFIC POLICE OF THE MONTH’ को अवार्डद्वारा सम्मानित गरिएको कार्यालयले जनाएको छ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः