पर्सा, बारा र रौतहटलगायतका जिल्लामा बाढीको चेतावनी, सतर्कता अपनाउन अपिल

वीरगञ्ज । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म देशका प्रमुख नदीहरूमा जलसतह उल्लेख्य रूपमा बढ्ने चेतावनी जारी गरेको छ ।

मधेस प्रदेशको पर्सा जिल्ला लगायतका क्षेत्रमा आगामी तिन दिनसम्म बाढीको उच्च जोखिम रहेको जल तथा मौसम विज्ञान विभाग चेतावनी जारी गरेको हो ।

आज बिहान जारी बाढी पूर्वानुमान बुलेटिनअनुसार कोसी, नारायणी, कर्णाली, महाकाली लगायतका नदी प्रणालीमा पानीको बहाव निरन्तर बढ्ने देखिएको छ ।

पर्सा जिल्लाका साना नदी र खोलाहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेको विभागले औँल्याएको छ । विशेष गरी रौतहट, बारा र पर्सा जिल्ला भएर बग्ने साना खोलाहरूमा बाढीको खतरा रहेको जनाइएको छ ।

पर्सा, बारा र रौतहट क्षेत्रमा निरन्तर वर्षाका कारण जलसतह सतर्कता तहभन्दा माथि पुग्न सक्ने र जुनसुकै बेला खतराको तह पार गर्न सक्ने चेतावनी दिइएको छ ।

विभागका अनुसार कोसी प्रदेशका सप्तकोशी, तमोर, अरुण, दूधकोशी, तामाकोशी र सुनकोशी, नारायणी बेसिनका नारायणी, त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकी, साथै कर्णाली, महाकाली, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीमा पनि जलसतह उल्लेख्य रूपमा बढ्ने छ ।

पर्सा सहित सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, दोलखा, रसुवा, नुवाकोट, धादिङ, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, स्याङ्जा, बागलुङ, पर्वत, गुल्मी, प्यूठान, अर्घाखाँची र रुपन्देही लगायत ५२ जिल्लामा बाढीको जोखिम रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र कोसी प्रदेशका अन्य धेरै जिल्लामा मध्यम जोखिम रहेको छ ।

विभागले पर्सा जिल्लाका नदी तटीय क्षेत्र र खोला किनारका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन र आवश्यक परेमा पूर्व तयारी गर्न अनुरोध गरेको छ । यात्रा गर्दा सडकको अवस्थाबारे जानकारी लिएर मात्र अगाडि बढ्न पनि आग्रह गरिएको छ ।

पर्सा जिल्लावासीले बाढी र पहिरोको सम्भावित जोखिमलाई ध्यानमा राखी आवश्यक सावधानी अपनाउन विभागले विशेष अनुरोध गरेको छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः