११ महिनामा ७ लाखभन्दा बढी युवा रोजगारीका लागि विदेशिँदा

spot_img

चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा मात्रै ७ लाख ६० हजार ३९१ नेपाली युवा कामको खोजीमा विदेशिएका छन्।

वैदेशिक रोजगार विभागका अनुसार साउनदेखि जेठ मसान्तसम्मको अवधिमा यति ठूलो संख्यामा नेपालीहरूले श्रम स्वीकृति लिएका हुन्। यसमध्ये ठूलो संख्या खाडी मुलुकहरू तथा मलेसिया जानेहरूको रहेको छ।

देशभित्र रोजगारीको अवसरको कमी, राजनीतिक अस्थिरता र पारिवारिक दायित्वका कारण युवाहरू वैदेशिक रोजगारी रोज्न बाध्य भएको विश्लेषण गरिएको छ।

यस अवधिमा वैदेशिक रोजगार स्वीकृति लिनेहरूको संख्या अघिल्ला वर्षहरूको तुलनामा अझै उच्च रहेको देखिएको छ, जसले देशको श्रम शक्ति तथा सामाजिक संरचनामा गम्भीर असर पार्ने विज्ञहरूको चेतावनी छ।

सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्न र स्वदेशमै रोजगारी सिर्जना गर्न विभिन्न योजना ल्याएको दाबी गरे पनि त्यसको प्रभावकारी कार्यान्वयनको अभाव देखिएको छ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः