पाँच प्रदेशमा मनसुनी वायुको प्रभाव, कहाँ कहाँ हुँदै छ वर्षा ?

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ ।

साथै देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो साधारणतया देशभर बदली हुनेछ । पहाडी भू-भागका केही तथा बाँकी भू-भागको थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । उच्च-पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । कोशी र मधेश प्रदेशका तराई भू-भागका केही स्थानमा हवा हुरिको पनि सम्भावना छ ।

त्यस्तै आज राति पनि साधारणतया देशभर बदली हुनेछ । पहाडी भू-भागका केही तथा बाँकी भू-भागको थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने महाशाखाले जनाएको छ । उच्च-पहाडी तथा हिमाली भू-भागका केही स्थानहरू हल्का वर्षा र हिमपातको सम्भावना छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः