डिजिटल वित्तीय ठगीबाट कसरी बच्ने ?

काठमाडौँ — विद्युतीय (डिजिटल) ठगीबारे तपाईंलाई के थाहा छ ? आफ्नो व्यक्तिगत तथा विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा बैंकिङ वा बैंक खातासम्बन्धी सूचना अनधिकृत व्यक्तिको हातमा परी हुने चोरी, ठगी वा अन्य वित्तीय हानि वित्तीय ठगी हो । ठगीबाट बच्न सबैभन्दा पहिले सम्बन्धित व्यक्ति वा खातावाला नै संयमित हुनुपर्छ ।

वित्तीय ठगले यसो गर्न सक्छन्

  • सामाजिक सञ्जालमार्फत, नक्कली वेबसाइटमार्फत व्यक्तिगत तथा वित्तीय सूचना माग गर्ने
  • चिट्ठा परेको, विदेशबाट सामान/पार्सल आएको मेसेज वा इमेल पठाएर रकम माग गर्ने
  • मोबाइल वा इन्टरनेट बैंकिङ वा मोबाइल वालेटको युजर नेम, पासवर्ड, खाता नम्बर माग गर्ने
  • डेबिट, क्रेडिट कार्डको गोप्य सूचना जस्तै: पिन, कार्ड नम्बर आदि चोरी गर्ने
  • नक्कली मोबाइल एप, क्यूआर कोडमार्फत रकम चोरी गर्ने
  • बैंकको कर्मचारी हुँ भनी टेलिफोनमार्फत कारोबारको ओटीपी माग गरी ठगी गर्ने
  • हुबहु बैंक वा वित्तीय संस्था वा अन्य वित्तीय सेवा प्रदायकको जस्तै देखिने वेबसाइट बनाइ युजर आइडी र पासवर्ड चोरी गर्ने

ठगीबाट कसरी बच्ने ?

  • अपरिचित व्यक्तिलाई आफ्नो पासवर्ड, ओटीपी वा अन्य कुनै पनि संवेदनशील जानकारी नदिने । मोबाइल तथा अन्य डिभाइस एवं एपका पासवर्ड तथा पिन कोड पनि बेलाबेलामा परिवर्तन गर्ने
  • रकम पठाउनुअघि सम्बन्धित व्यक्तिले रकम माग गरेको हो होइन सोही व्यक्तिलाई आफैले सोधेर यकिन गरेर मात्र रकम पठाउने
  • अनावश्यक तथा अनधिकृत कुनै पनि एप डाउनलोड नगर्ने
  • कुनै पनि वेबसाइटमार्फत विद्युतीय कारोबार गर्नुअघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट हो/होइन यकिन गरेर मात्र कारोबार गर्ने
  • बैंक तथा वित्तीय सेवा वा जुनसुकै वित्तीय सेवा प्रदायक संस्थाले यस्ता गोप्य विवरण माग्दैनन् भन्ने सदैव याद राख्ने
  • आफूले भर्दै नभरेको चिट्ठा परेको, विदेशबाट सामान आएको, विदेशको धन सम्पत्ति अपुताली परेको, छिटो नाफा हुने लगानीको उपाय फेला परेको जस्ता ठगीका योजना प्रति चनाखो हुने र केही इलम नगरी पैसा कमाइने यस्ता ठगी धन्दाको विश्वास नगर्ने
  • विद्युतीय कारोबार गर्दा आफू ठगिएको शंका लागेमा वा कुनै गुनासो रहेमा आफूले कारोबार गर्ने वित्तीय सेवा प्रदायकमा एवं नेपाल राष्ट्र बैंकको गुनासो सुनुवाइसम्बन्धी पोर्टल gunaso.nrb.org.np मा गुनासो वा उजुरी दर्ता गर्ने ।
- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः