देवताल गाउँपालिकामा लागुऔषध सचेतना कार्यक्रम उद्घाटन

देवताल गाउँपालिकाको आयोजनामा तथा अपूर्व नारायण फाउन्डेसनको सहकार्यमा लागुऔषध दुव्र्यसनसम्बन्धी सचेतना कार्यक्रम उद्घाटन गरिएको छ। उक्त कार्यक्रम ने.रा.मा.वि. पिप्रधी – ४ मा सम्पन्न भएको हो।

कार्यक्रमको उद्घाटन देवताल गाउँपालिकाका प्रमुख प्रशासनिक अधिकृत श्री कृष्णनन्दन रायको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा स्थानीय प्रतिनिधिहरू, शिक्षक, विद्यार्थी, सुरक्षा निकायका प्रतिनिधिहरू तथा अन्य सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि श्री रायले युवापुस्तालाई लागुऔषध दुव्र्यसनबाट जोगाउन यस्ता सचेतनामूलक कार्यक्रमको महत्त्वबारे प्रकाश पार्नुभएको थियो। उहाँले समुदायमा रहेको समस्या समाधान गर्न सबै पक्षले सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याउँदै विद्यालयस्तरबाटै सचेतना अभियान सञ्चालन गर्नु प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा वक्ताहरूले लागुऔषध सेवनका कारण हुने स्वास्थ्य, सामाजिक र कानूनी असरबारे जानकारी गराएका थिए। विद्यार्थीहरूलाई सचेत गराउने उद्देश्यले प्रेजेन्टेसन, भिडियो प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रम पनि सञ्चालन गरिएको थियो।

यस अवसरमा देवताल गाउँपालिका र अपूर्व नारायण फाउन्डेसनबीच लागुऔषध सचेतना तथा पुनर्स्थापना कार्यक्रमहरू सञ्चालन गर्न दीर्घकालीन साझेदारी स्थापित गरिएको घोषणा गरिएको छ। देवताल गाउँपालिकाले आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको जनाएको छ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः