मनकामना माविले २६ औं वार्षिकोत्सबको अवसरमा एसइइ लक्ष्ति १५ वटा स्कुलका उत्कृष्ट विद्यार्थीहरुलाई परिक्षा संचालन गदै

spot_img

ऋषिकेश गुप्ता

बीरगंज– मनकामना माध्यमिक विद्यालयले आफ्नो २६औं वार्षिकोत्सवको अवसरमा एसईई तयारी गरिरहेका १५ विद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई लक्षित गरी विशेष परीक्षा सञ्चालन गरेको छ। परीक्षामा विभिन्न विद्यालयका विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका छन।

विद्यालयले एसईई परीक्षाको तयारीलाई थप प्रभावकारी बनाउन तथा विद्यार्थीहरूको क्षमता परीक्षण गर्ने उद्देश्यले सो प्रतियोगितात्मक परीक्षा आयोजना गरेको हो। परीक्षामा गणित, विज्ञान, अंग्रेजी, नेपाली, र सामाजिक विषय समेटिएको छ।

परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई बिशेष पुरस्कारको व्यवस्था गरिएको प्रधानाध्यापक पुराण प्रधान ज्यूले जानकारी गराऊनू भयेको छ। आयोजकका अनुसार, पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई विशेष पुरस्कार प्रदान गरिनेछ, जसले उनीहरूलाई थप प्रेरित गर्ने विश्वास गरिएको छ।

विद्यालयका प्रधानाध्यापकले भने, “विद्यार्थीहरूको शैक्षिक स्तरलाई अझ उचाइमा पुर्‍याउने उद्देश्यले हामीले यस्तो परीक्षा सञ्चालन गरेका हौं। यसले उनीहरूको परीक्षासम्बन्धी आत्मविश्वास बढाउनुका साथै प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि गर्नेछ।”

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। विद्यालयले आगामी दिनहरूमा पनि यस्ता शैक्षिक गतिविधिहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः