बारामा लागूऔषध गाँजासहित महिला पक्राउ

वीरगञ्ज । इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराले विशेष सूचनाको आधारमा ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ ।

प्रहरी निरीक्षक पवन पछाईको कमान्डमा खटिएको प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका – २ नयका टोलस्थित रिता देवी यादवको घरबाट १३८ किलो ७०० ग्राम गाँजा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, भदौ १३ गते साँझको समयमा उक्त स्थानमा खानतलासी गर्दा रिता देवीको घरमा खाटमुनि जुट र प्लास्टिकको बोराभित्र लुकाएर राखिएको अवस्थामा गाँजा फेला परेको थियो ।प्लास्टिकमा पोका पारिएको उक्त गाँजा बरामद गरी घरधनी ३५ वर्षीय रिता देवीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । हाल पक्राउ परेकी यादवमाथि थप अनुसन्धान भइरहेको छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः