गायक कुमा सागरलाई गिज्याएको आरोपमा ३ कमेडियनविरुद्ध प्रहरीमा निवेदन

काठमाडौँ । नेपाल भाषाको लवजमा गीत गायर गायक कुमा सागरलाई गिज्याएको आरोपमा दुई जना कमेडियन विरुद्ध प्रहरीमा निवेदन दर्ता गरिएको छ । नेवार समुदायका व्यक्तिहरूले कमेडियन सजन श्रेष्ठ, सुशान्त प्रधान र उत्सव सापकोटा विरुद्ध निवेदन दिएका हुन् ।

कुमा सागरलाई गिज्याएर सम्पूर्ण नेवार समुदायको आत्मसम्मानमा चोट पुगेको निवेदनमा दाबी गरिएको छ । विवादबारे दुवै पक्षलाई राखेर छलफल गराइने जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

 

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः