अर्थमन्त्रीलाई सुधारका लागि सुझाव पत्र बुझायो

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भन्सार, कर, आर्थिक कानुन सुधार र आर्थिक क्षेत्रलाई चलायमान बनाउनका लागि सुझाव पत्र बुझाएका छन्। बुधवार भएको भेटघाटमा संघका अध्यक्ष अग्रवालले संघको तर्फबाट लिखित सुझाव प्रस्तुत गरेका थिए।

अध्यक्ष अग्रवालद्वारा प्रस्तुत सुझावलाई अर्थमन्त्री पौडेलले सकारात्मक रुपमा लिँदै अत्यन्त सान्दर्भिक रहेको बताए। उनले अर्थ र राजस्व सचिवलाई सुझावलाई नीतिगत छलफलमा समावेश गर्न निर्देशन दिएका छन्।

अर्थमन्त्री पौडेलसँगको छलफलमा संघीय सांसद प्रभु हजरा, निर्मला देवकोटा, बीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल, र नेकपा एमाले पर्साका सचिव महेश दास समेत सहभागी भएका थिए।

संघले भन्सार तथा कर प्रणालीलाई सुधार गर्दै उद्योग र व्यापार क्षेत्रको समस्या समाधान गर्ने र आर्थिक गतिविधिलाई थप गतिशील बनाउनुपर्ने आवश्यकता औंल्याएको छ।

यस प्रकारका सुझाव र पहलले देशको आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः