बारामा सशस्त्र प्रहरीद्वारा ९ लाख भन्दा बढीको अवैध सामान बरामद

spot_img

वीरगंज,१९ असोज । बारामा सशस्त्र प्रहरीले विभिन्न स्थानमा गरेको चेकजाँच तथा निगरानीका क्रममा ९ लाख भन्दा बढी मूल्यका सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हेडक्वाटर बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक विक्रम मणि अधिकारीका अनुसार गण तथा मातहतका विभिन्न युनिटबाट खटिएका टोलीले रजनीगन्धा, कपडा, मोबाइल पार्ट्स, पिनट, डेरी मिल्क, स्नाइकल चकलेट, खजुर, टायर, मोटरसाइकल, किराना सामान तथा पटका बरामद गरेको हो।

बरामद गरिएका सामानको अन्दाजी मूल्य ९ लाख ६९ हजार १७० रुपैयाँ रहेको उनले जानकारी दिए । उनका अनुसार बरामद सामान आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

 

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः