बजार छप्कैयामा दिनरात तस्करीको आरोप, प्रहरीको भूमिकामाथि प्रश्न

spot_img

वीरगञ्ज । वीरगञ्जस्थित बिर्ता प्रहरी कार्यालयअन्तर्गत पर्ने बजार छप्कैया चौकी क्षेत्र आसपासबाट दिनरात तस्करी भइरहेको आरोप लागेको छ। तस्करीका गतिविधि खुलेआम भइरहेको भनिए पनि नियन्त्रणका लागि प्रहरीले प्रभावकारी कदम नचालेको भन्दै स्थानीयले प्रहरीको भूमिकामाथि प्रश्न उठाएका छन्।

स्थानीयका अनुसार बजार छप्कैया क्षेत्रमा तस्करीका गतिविधि भइरहेको विषयमा पटक–पटक समाचार तथा सूचना सार्वजनिक हुँदासमेत नियन्त्रणका लागि अपेक्षित एक्सन नदेखिएको गुनासो छ। विशेषगरी उक्त क्षेत्रमा कार्यरत वरिष्ठ सई नेत्र रानाको भूमिकामाथि स्थानीयले प्रश्न उठाएका छन्।

यसैगरी, बिर्ता प्रहरी कार्यालयका इन्स्पेक्टर बिक्रम सुवेदीको भूमिकालाई लिएर पनि विभिन्न प्रश्न उठ्न थालेका छन्। तस्करी नियन्त्रण गर्ने जिम्मेवारीमा रहेका प्रहरी अधिकारीहरूले प्रभावकारी निगरानी तथा कारबाही नगरेको स्थानीयको आरोप छ।

स्थानीयको प्रश्न छ—के प्रहरीको निष्क्रियताका कारण तस्करी गर्नेहरूको मनोबल बढिरहेको हो? अथवा बजार छप्कैया क्षेत्रमा भइरहेको भनिएको तस्करीमा प्रहरीका केही जिम्मेवार अधिकारीहरूको मिलेमतो वा संरक्षण छ?

यद्यपि, वरिष्ठ सई नेत्र राना तथा इन्स्पेक्टर बिक्रम सुवेदी तस्करीमा संलग्न रहेको वा मिलेमतो गरेको भन्ने आरोप स्वतन्त्र रूपमा पुष्टि भएको छैन। त्यसैले यस विषयमा निष्पक्ष छानबिन गरी वास्तविकता बाहिर ल्याउनुपर्ने आवश्यकता देखिएको छ।

स्थानीयले तस्करी भइरहेको भनिएका स्थानमा नियमित निगरानी बढाउन, संलग्न व्यक्तिमाथि अनुसन्धान तथा कानुनी कारबाही गर्न र प्रहरीको भूमिकाबारे समेत आवश्यक छानबिन गर्न माग गरेका छन्।

यस विषयमा सम्बन्धित प्रहरी अधिकारीहरूको आधिकारिक धारणा लिन प्रयास भइरहेको छ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः