यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू

spot_img

बीरगञ्ज: अनुचित लेनदेन मिटरब्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने भएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

बैठकले सशस्त्र प्रहरी बल नेपालका विपद् खोज उद्धारमा खटिने कर्मचारीको प्रोत्साहन भत्ता उपलब्ध गराउने, अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गर्ने निर्णय गरेको छ।

नेपाल वायुसेवा निगम सञ्चालक समितिको अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त गर्ने निर्णय गरेको छ। यसैगरी बिउ बिजन (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय समेत गरेको छ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः