वीरगञ्जमा टीभीएस मोटरसाइकल कम्पनीको कार्यालयमा प्रहरीको छापा, एक कर्मचारी नियन्त्रणमा

spot_img

वीरगञ्ज । वडा प्रहरी कार्यालय श्रीपुर, पर्साको टोलीले वीरगञ्जस्थित टीभीएस मोटरसाइकल कम्पनीको कार्यालयमा छापा मारी एक कर्मचारीलाई नियन्त्रणमा लिएको छ।

वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नविन थापा मगरको नेतृत्वमा गएको प्रहरी टोलीले यातायात व्यवस्था कार्यालय नजिक रहेको कम्पनीको कार्यालयमा छापा मारेको हो।

प्रहरीका अनुसार उक्त कार्यालयबाट शंकास्पद गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा छापा मारिएको हो। छापाका क्रममा एक कर्मचारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीले कार्यालयबाट केही कागजातसमेत नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ। नियन्त्रणमा लिइएका कागजात र कर्मचारीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक थापा मगरले जानकारी दिनुभयो।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ। यद्यपि, छापामारीको कारण, नियन्त्रणमा लिइएका कर्मचारीको परिचय तथा अनुसन्धानको प्रकृतिबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

 

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः