लेनदेन मुद्दामा अदालतबाट दुई वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार २०८३ असार १५ गते पर्साको बहुदरमाई नगरपालिका–२ बाट फरार प्रतिवादी वीरगंज महानगरपालिका–२७ निवासी ४७ वर्षीय किसुन प्रसाद यादवलाई पक्राउ गरिएको हो ।लेनदेन सम्बन्धी मुद्दामा अदालतबाट दुई वर्ष कैद सजाय सुनाइएपछि फरार रहेका यादवलाई विशेष खोजतलासका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका यादवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि पर्सा जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।






