पर्साका पुल,चाेक र पार्कमा राखिएका राष्ट्रिय झण्डाकाे नियमित फेरबदल र संरक्षण गर्न सीडीओ कार्यालयकाे निर्देशन

spot_img

वीरगन्ज,१६असार:पर्सा जिल्लाका विभिन्न सथानका चाेक,पुल,पार्क लगायतका स्थानमा राखिएका नेपालकाे राष्ट्रिय झण्डाकाे नियमित मर्मत, फेरबदल तथा संरक्षण गर्न जिल्ला प्रशासन कार्यालय पर्साले स्थानीय तहहरुलाई निर्देशन दिएको छ।

मंगलबार पर्साका प्रमुख जिल्ला अधिकारी भाेला दाहालले पालिका प्रमुख प्रशासकीयहरुलाई पत्रचार गर्दै उक्त निर्देशन दिएका हुन्।

पर्सा जिल्ला स्थित विभिन्न चोक, पुल, उद्यान तथा अन्य सार्वजनिक स्थलहरूमा स्थानीय तहहरूबाट राखिएका नेपालको राष्ट्रिय झण्डाहरू च्यातिएको, रङ्ग उडेको र फोहोर भएको अवस्थामा फेला परेको भनी जनस्तरबाट व्यापक गुनासोहरू प्राप्त हुन आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको प्रजिअ दाहालले जनाएका छन्।

नेपालको राष्ट्रिय झण्डा राष्ट्रको गौरव, स्वाभिमान र पहिचानको प्रतिक रहेकाे भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले राष्ट्रिय झण्डाको मर्यादा र सम्मानलाई अक्षुण्ण राख्नु सबैको साझा संवैधानिक एवं नागरिक कर्तव्य भएको जनाएको छ ।

“राष्ट्रिय झण्डा र राष्ट्रिय गान प्रयोग सम्बन्धी कार्यविधि, २०६९ ” बमोजिम सार्वजनिक स्थानमा प्रयोग गरिने झण्डा मर्यादित, सफा र सग्लो हुनुपर्ने कानुनी व्यवस्था समेत रहेको जनाउँदै जिल्ला प्रशासन कार्यालयले स्थानीय तह अन्तर्गतका सार्वजनिक स्थल, चोक तथा पुलहरूमा राखिएका राष्ट्रिय झण्डाहरूको अवस्था तत्काल निरीक्षण गरी निम्नलिखित बमोजिम कार्य गर्न/गराउन हुन निर्देशानुसार परिपत्र गरिएको जनाएको छ:

१. च्यातिएका, रङ्ग उडेका वा फोहोर भएका झण्डाहरूलाई तत्काल हटाई नयाँ र तोकिएको मापदण्ड बमोजिमको झण्डा राख्ने व्यवस्था मिलाउने ।

२. सार्वजनिक स्थानमा राखिएका झण्डाहरूको अवस्थाबारे नियमित अनुगमन गर्ने प्रणाली विकास गर्ने ।

३. पुराना वा मक्किएका झण्डाहरूलाई जथाभाभी नफ्याँकी कार्यविधि बमोजिम आदरपूर्वक र सुरक्षित तरिकाले विसर्जन गर्ने ।

४. राष्ट्रिय झण्डा राखिएका स्थानहरूको सरसफाइ र सुरक्षाको पूर्ण जिम्मेवारी सम्बन्धित स्थानीय तहले लिने ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः