वीरगन्जका सुजित यादवले राष्ट्रिय कुश्ती प्रतियोगितामा स्वर्ण जिते

spot_img

काठमाडौं — दशरथ रंगशाला स्थित कभर्ड हल, त्रिपुरेश्वरमा सम्पन्न चौथो रामवृक्ष यादव स्मृति राष्ट्रिय कुश्ती प्रतियोगिता मा वीरगन्ज, पर्सा निवासी सुजित यादवले स्वर्ण पदक जित्न सफल भएका छन्।

मिति २०८३/०३/१४ देखि १५ गतेसम्म आयोजित प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरी जम्मा १० टिमको सहभागिता रहेको थियो। उक्त प्रतियोगितामा मधेश प्रदेशको प्रतिनिधित्व गर्दै ७४ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका यादवले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका हुन्।

यादवलाई प्रतियोगिताको उत्कृष्ट खेलाडी समेत घोषित गरिएको छ। उनको सफलताले वीरगन्ज, पर्सा तथा मधेश प्रदेशको खेल क्षेत्रमा थप उत्साह थपिएको छ।

— खेलकुद समाचार

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः