राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको अधिबेशन स्वागत गेटले गर्दा चितवनमा चालक हरूको बिचल्ली: गेट सानो हुँदा १० जनाको ३ दिनसम्म सडकमै बास !

spot_img

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका लागि चितवनको टिकौली जंगलमा निर्माण गरिएको स्वागत गेटका कारण पाँचवटा ठूला मालबाहक गाडीहरू अलपत्र परेका छन् । भारतबाट सामान लोड गरी चितवनको कुरिनटारस्थित बाह्रसिंगे बियर फ्याक्ट्रीतर्फ जाँदै गरेका ती गाडीहरू स्वागत गेटको उचाइ कम भएका कारण छिर्न नसकेपछि फिर्ता गरिएका हुन् ।

गेटबाट छिर्न नसकेका ती गाडी हरूलाई हाल रत्ननगर-१० मा पर्ने निपनीको सडक छेउमा ३ दिन देखि अलपत्र रोकेर राखिएको छ । सवारी चालक हरूका अनुसार रास्वपाको महाधिवेशन नसकिँदासम्म ती गाडीहरूलाई सो क्षेत्रमा प्रवेश गर्न नदिइने बताइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको महाधिवेशन सकिएको ३ दिनपछि मात्रै जंगल प्रवेश गर्न दिइने प्रशासनले जानकारी दिइएको छ एक चालकले गुनासो गरे ।

गाडी रोकिँदा ५ वटा गाडीका चालक र सहचालक गरी १० जना अलपत्र परेका छन्। उनीहरूलाई आगामी ३ दिनसम्म खाने र बस्ने उचित व्यवस्था नहुँदा ठूलो सास्ती खेप्नुपर्ने अवस्था सिर्जना भएको छ । पूर्व-पश्चिम राजमार्ग जस्तो व्यस्त सडकखण्डमा आवश्यक समन्वय र पूर्वतयारी बिना स्वागत गेट निर्माण गर्दा यस्तो अवस्था सृजना भएको छ ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः