वीरगञ्ज,२असार:ललितपुरको जावलाखेलस्थित डिएभी कलेजमा अध्ययनरत वीरगन्ज घर भएका एक विद्यार्थीले आत्महत्या गरेका छन् । डिएभी कलेजमा प्लस टु अध्ययन गरिरहेका पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २२ घर भएका १८ वर्षीय आर्यन सिंहले आत्महत्या गरेका हुन् ।
प्रहरीका अनुसार साेमबार बिहान साढे १० बजे सिंहले कलेजको छतबाट हाम फालेका थिए।उनले चार तला माथिबाट हाम फालेका थिए । लगत्तै सुमेरु अस्पताल लगेकोमा साेमबार बेलुकी ७ बजे चिकित्सकले मृत घोषणा गरेकाे थियाे । सिंहले सुसाइड नोटसमेत लेखेको भेटिएको छ । नोटमा उनले ‘अब घर फर्कन्न भनेर लेखेका थिए ।
साभार: जन आस्था






