वीरगञ्ज, १३ जेठ । रौतहटको चन्द्रनिगाहपुरस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा यात्रुबाहक बसले ठक्कर दिँदा एक मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।
चन्द्रपुर नगरपालिकाको जुडिबेलास्थित राजमार्गको पूर्वी लच्का नजिकै ना ५ ख ७२४८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना २५ प १०८० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा ज्यान गुमाउने मोटरसाइकल चालक अन्दाजी २३ वर्षका युवक रहेको तर उनको पहिचान भने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापा मगरका अनुसार ठक्कर दिने बसका चालक मकवानपुरको गढी गाउँपालिका–३ बस्ने ५९ वर्षीय लक्ष्मीभक्त ओझालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
![]()
पक्राउ परेका चालक ओझालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि ईलाका प्रहरी कार्यालय चपुरको नियन्त्रणमा राखिएको छ ।







