कक्रोच जनता पार्टीको एक्स अकाउन्ट भारतमा बन्द

spot_img

कक्रोच जनता पार्टी (CJP) ले इन्स्टाग्राममा १ करोड १७ लाख फलोअर्स पार गर्दै भारतीय जनता पार्टी (भाजपा) को आधिकारिक अकाउन्टलाई उछिनेको केही घण्टामै यसको एक्स (X) अकाउन्ट भारतमा रोक लगाइएको छ । हाल प्लेटफर्ममा भाजपा करिब ८७ लाख फलोअर्ससहित पछाडि परेको देखिएको छ ।

तीव्र रूपमा फैलिरहेको व्यंग्यात्मक राजनीतिक अभियानको एक्स अकाउन्ट बिहीबार भारतमा बन्द गरिएको हो, जसले जेन–जी केन्द्रित मिम अभियानप्रति थप चासो बढाएको छ ।

पार्टीका संस्थापक अभिजीत दीपकेले भारतमा अकाउन्ट ब्लक भएको स्क्रिनसट सार्वजनिक गर्दै यसको पुष्टि गरेका छन् । उनले प्रतिक्रिया दिँदै लेखेका छन्, “अपेक्षा गरेजस्तै कक्रोच जनता पार्टीको अकाउन्ट भारतमा रोकिएको छ ।”

सामाजिक सञ्जालमा केही दिनमै तीव्र रूपमा फैलिएको यो अभियान बेरोजगारी, परीक्षा प्रणाली, राजनीतिक भाष्य र संस्थागत जवाफदेहिताप्रतिको असन्तोषबाट प्रेरित भएको बताइएको छ ।

कक्रोच जनता पार्टी’ नाम भने भारतका प्रधानन्यायाधीश सूर्यकान्तले हालै अदालत सुनुवाइका क्रममा केही बेरोजगार युवा र अनलाइन अभियन्तालाई ‘कक्रोच’ र ‘परजीवी’ सँग तुलना गरेको भनिएको अभिव्यक्तिपछि व्यंग्यात्मक रूपमा प्रयोग हुन थालेको हो ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः