अनौठो ठगी: ‘साउदी राजकुमार’ बनेर २१ मिलियन डलर ठग्ने दाजुभाइ पक्राउ!

spot_img

अमेरिकामा एउटा यस्तो ठगीको घटना सार्वजनिक भएको छ, जसले सबैलाई चकित पारेको छ। साउदी अरबको शाही परिवारको सदस्य अर्थात् ‘राजकुमार’ भएको नक्कली पहिचान बनाएर २१ मिलियन डलर (करीब २ अर्ब ८० करोड नेपाली रुपैयाँ) ठगी गर्ने दुई अमेरिकी दाजुभाइलाई प्रहरीले पक्राउ गरेको छ।

कसरी भयो यति ठूलो ठगी?

• नक्कली लाइफस्टाइल: पक्राउ परेका एन्थोनी गिग्नाक र उनका भाइले आफूलाई ‘प्रिन्स खालिद बिन अल-साउद’ भनेर चिनाउने गर्थे। उनीहरूले नक्कली कूटनीतिक नम्बर प्लेट भएका कार, निजी जेट र महंगा गहना देखाएर मानिसहरूलाई विश्वासमा पार्थे।

• ठूला लगानीकर्ता निशानामा: उनीहरूले विश्वभरका धनी लगानीकर्ताहरूलाई साउदी शाही परिवारको विशेष विजनेश डिलमा सहभागिता गराउने भन्दै करोडौं डलर असुलेका थिए।

• यसरी खुल्यो पोल: उनीहरूको ठगीको पोल तब खुल्यो जब एक लगानीकर्ताले यी ‘मुस्लिम राजकुमार’ ले रेस्टुरेन्टमा सुँगुरको मासु (Pork) अर्डर गरेको देखे। त्यसपछि शंका लागेर अनुसन्धान गर्दा उनीहरू नक्कली राजकुमार भएको पुष्टि भयो।

विगतको रेकर्ड:

यी दाजुभाइले विगत ३० वर्षदेखि विभिन्न नक्कली नाममा ठगी गर्दै आएको खुलेको छ। उनीहरूलाई अहिले कडा सुरक्षा घेरामा राखेर कानूनी कारबाही अगाडि बढाइएको छ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः