भारतीय इभी मोटरसाइकल धमाधम पक्राउ, वीरगञ्ज भन्सार नाकामा कडाइ

वीरगञ्ज (पर्सा) — वीरगञ्जस्थित भन्सार नाकामा भारतीय नम्बर प्लेटका इभी (इलेक्ट्रिक) मोटरसाइकलहरू धमाधम पक्राउ परिरहेका छन्। पछिल्लो समय भन्सार कार्यालयले जाँचमा कडाइ गरेसँगै करिब २२ भन्दा बढी भारतीय इभी मोटरसाइकल नियन्त्रणमा लिइएको जानकारी प्राप्त भएको छ।

 

भन्सार स्रोतका अनुसार, आवश्यक कागजात तथा भन्सार प्रक्रिया पूरा नगरी नेपाल भित्र्याइएका भारतीय इभी मोटरसाइकलहरू वीरगञ्ज भन्सार नाकामा पक्राउ परेका हुन्। यस्ता मोटरसाइकलहरू अवैध रूपमा प्रयोग भइरहेको सूचनापछि जाँचमा कडाइ गरिएको बताइएको छ।

 

त्यसैगरी, वीरगञ्जका विभिन्न साना नाकाहरूबाट समेत भारतीय इभी मोटरसाइकलहरू पक्राउ पर्ने क्रम जारी रहेको बताइएको छ। पछिल्लो समय सस्तो पर्ने र सजिलै उपलब्ध हुने कारण केही व्यक्तिहरूले भारतीय इभी मोटरसाइकल नेपाल भित्र्याएर प्रयोग गर्ने प्रवृत्ति बढेको अनुमान गरिएको छ।

 

भन्सार तथा सुरक्षा निकायले अवैध रूपमा नेपाल भित्र्याइएका सवारी साधनमाथि निगरानी थप कडा बनाइएको जनाउँदै, आवश्यक कागजातबिना चलाइएका सवारी साधनमाथि कारबाही जारी रहने स्पष्ट पारेका छन्।

 

यस घटनापछि वीरगञ्ज क्षेत्रमा भारतीय इभी मोटरसाइकल सवारी साधन प्रयोग गर्नेहरूबीच सतर्कता बढेको छ भने सम्बन्धित निकायले यस्ता गतिविधि नियन्त्रण गर्न थप अभियान सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः