रामेछाप बस दुर्घटना अपडेट: मृतकको संख्या १२ पुग्यो

वीरगञ्ज। रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) श्याम कृष्ण थापाले मृतकको संख्या १२ पुगेको जानकारी दिएका छन् ।

 

प्रजिअ थापाका अनुसार दुर्घटनामा परेर घाइते भएका ८ जनामध्ये ७ जनालाई धुलिखेल अस्पताल पठाइएको छ । काठमाडौँबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीका लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो ।

 

आज बिहान रामेछापको मचानेटार भन्ने ठाउँबाट प्रदेश ०३-०१-९९५ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले अहिले पनि खोजी जारी राखेको सिडिओ थापाले बताएका छन् ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः