वीरगञ्ज । पर्सा जिल्लाको बी.पी. उत्थान घण्टाघरस्थित संग्रहालय परिसरमा सोमबार बृहत वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। वातावरण संरक्षण र हरियाली प्रवर्द्धनको उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो।
वृक्षरोपण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दहाल, प्रमुख प्रशासकीय अधिकृत अर्बिन्द लाल कर्ण, जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी राजु कार्की, सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एसपी मोहन क्षेत्री लगायत सरोकारवालाको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सिंहले वातावरण संरक्षण भविष्यप्रतिको जिम्मेवारी भएको उल्लेख गर्दै हरियाली बिना स्वस्थ जीवन सम्भव नहुने बताउनुभयो। आयोजकका अनुसार कार्यक्रमले स्थानीयस्तरमा वातावरणीय चेतना अभिवृद्धि गर्न सहयोग पुर्याएको छ।




