अत्यधिक चिसोका कारण कलैया उपमहानगरद्वारा ३ दिन विद्यालयमा थप विदा

spot_img

वीरगञ्ज,१५ पुस । अत्यधिक चिसोलाई मध्यनजर गर्दै बाराको कलैया उपमहानगरपालिकाले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ।उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख राजिव कुमार यादवले आज जारी गरेको सूचनाअनुसार अत्यधिक चिसोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै पुस १६ गते बुधबारदेखि १८ गते शुक्रबारसम्म उपमहानगरपालिका अन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा पठन–पाठन बन्द गरिएको हो।उक्त बिदा वार्षिक बिदाबाट कट्टा हुने पनि सूचनामा उल्लेख गरिएको छ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः