चुनावी एकतामै सीमित नहोस् राजनीतिक सहकार्य : नगर प्रमुख सिंह

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले जेनजी आन्दोलनपछि देशमा विकसित भइरहेको राजनीतिक घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत वर्तमान राजनीतिक अवस्थाबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन ।

 

नगर प्रमुख सिंहले नेताहरूबीच देखिएको एकतालाई स्वागतयोग्य भन्दै यो एकता केवल चुनावी प्रयोजनमा मात्र सीमित नरही चुनावपछि पनि निरन्तर कायम रहनुपर्ने आवश्यकता औंल्याएका छन् । “मन सफा गरेर बनेको एकता हो भने त्यसले देश र जनताको हितमा दीर्घकालीन सकारात्मक परिणाम दिन सक्छ,” उनको भनाइ छ।उनले मुलुकको समग्र विकासका लागि युवाहरूलाई नेतृत्व तहमा अगाडि बढाउनुपर्नेमा विशेष जोड दिएका छन् । वर्तमान समय युवाहरूको ऊर्जा, सोच र योगदान बिना राष्ट्र निर्माण सम्भव नरहेको उल्लेख गर्दै नगर प्रमुख सिंहले जिम्मेवार स्थानमा युवाको सार्थक सहभागिता अपरिहार्य भएको धारणा राखेका छन् ।“यो माटोका लागि हामी सबैले केही न केही गर्नुपर्ने दायित्व छ,” भन्दै उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रप्रतिको जिम्मेवारीबोधका साथ अगाडि बढ्न सबैलाई आह्वान गरेका छन् । आपसी एकता, सहकार्य र सकारात्मक सोचका साथ अघि बढेमा मात्र मुलुकले सही दिशा लिन सक्ने उनको विश्वास छ।

 

जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक चेतना र जनअपेक्षालाई सम्बोधन गर्दै जिम्मेवार नेतृत्व देखाउन सके देशमा स्थायित्व, सुशासन र विकास सम्भव हुने नगर प्रमुख सिंहको भनाइ छ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः