वीरगञ्ज,०४ पुस । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदैछन ।
आज दिउँसो ४ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेको प्रदेश सभाका सचिव बासुप्रसाद कोइरालाले जानकारी दिएका छन्।
यादव गत मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।




