वीरगञ्ज, ०४ पुस । बारा प्रहरीले जेनजी आन्दोलमा केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौँबाट फरार लागुऔषध मुद्दाका दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा लागूऔषध मुद्दामा पुर्पक्षमा राखिएका करैयामाई गाउँपालिका वडा नम्बर ७ पिपरा बस्ने २९ बर्षिय बिबेक चौधरी र सोही वडा बस्ने २३ बर्षिय कृष्णा चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रहरी चौकी बारागढी बाट खटिृएको प्रहरी टोलीले करैयामाई गाउँपालिका वडा नम्बर ७ पिपराबाट पक्राउ गरेको हो । उनीहरुलाई काठमाडौं जिल्ला अदालतले लागुऔषध मुद्दामा पुर्पक्षको लागी केन्द्रीय कारागार चलान गरेको थियो ।
नयाँ पुस्ताका युवा (जेनजी)ले गरेको आन्दोलनको मौका छोपी गत भदौ २४ गते उनीहरु कारागार तोडी फरार भएका थिए । पक्राउ परेका दुबै जनालाई कारागार कार्यालय वीरगंज, पर्सामा पठाईएको बारा प्रहरीले जानकारी दिएको छ ।




