सम्पत्ति शुद्धीकरणमा दोषी ठहर पूर्वमन्त्री श्रेष्ठ पोखरा विमानस्थल अनियमिततामा मुछिए

वीरगञ्ज। सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भइसकेका पूर्वमन्त्री रामकुमार श्रेष्ठ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा भएको अनियमितता प्रकरणमा मुछिएका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार श्रेष्ठसहित अन्यमाथि ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २ सय ९७ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

 

अख्तियारको आरोप अनुसार पूर्वमन्त्री श्रेष्ठले प्रचलित सार्वजनिक खरिद कानुनविपरीत हुने गरी संशोधित लागत इष्टिमेट अनुसार निर्माण कार्य अगाडि बढाउन नेपाल सरकारको स्वीकृतिका लागि प्रतिवेदन संलग्न गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुरोध पठाउने निर्णय स्वीकार गरेका थिए ।

मन्त्री रामकुमार श्रेष्ठ संलग्न रहेको मन्त्रालयबाट २०७० मंसिर १० गते निर्णय गरी पेस गरिएको प्रस्तावमा नेपाल सरकार मन्त्रिपरिषद्‌को ०७० पुस ११ को बैठकले अधिकारप्राप्त अधिकारीबाट प्रचलित कानुनबमोजिम निर्णय हुने विषयमा मन्त्रिपरिषद्‌बाट केही गर्नु नपर्ने भनी निर्णय गराएको उल्लेख छ ।

यसअघि पनि पूर्वमन्त्री श्रेष्ठ अकुत सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर भएका थिए । उक्त मुद्दामा विशेष अदालतले उनलाई ६ महिना कैद र ९८ लाख २९ हजार ५ सय ३७ रुपैयाँ जरिवाना तथा सोही बराबरको बिगो जफत गर्न आदेश दिएको थियो ।

 

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः