भूमि आयोग खारेजीविरुद्धको रिटमा आज अन्तरिम आदेशबारे निर्णय आउने

spot_img

वीरगञ्ज : भूमि समस्या समाधान आयोग खारेजीविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतले उक्त रिटमा अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने आदेश जारी गर्नेछ। न्यायाधीश शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ।यसअघि उक्त रिटमा सर्वोच्चले सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको थियो। साथै अन्तरिम आदेश जारी गर्ने कि नगर्नेबारे दुवै पक्षलाई छलफलमा बोलाएर सुनुवाइ गर्ने भनेको थियो। करिब १ महिनापछि आज अदालतमा यस विषयको टुंगो लाग्ने भएको हो।गत असोज २३ गते  बसेको मन्त्रिपरिषद बैठकले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको थियो। बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेपछि त्यसका विरुद्ध आयोगका अध्यक्ष हरिप्रसाद रिजालले गत कार्तिक ९ गते सर्वोच्चमा रिट दायर गरेका थिए।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः