पर्सामा सशस्त्र प्रहरीद्वारा १० के.जि. गाँजा बरामद

spot_img

वीरगन्ज । सशस्त्र प्रहरी बल, नेपाल बी.ओ.पी. पिडारीगुठिबाट खटिएको टोलीले जगरनाथपुर गाउँपालिका–१, बिसनपुरवा क्षेत्रमा १० के.जि. लागुऔषध (गाँजा) बरामद गरेको छ।

आज बिहान ०९:५० बजेको समयमा नियमित गस्तीका दौरान फेला परेको उक्त गाँजा आवश्यक कानुनी कारबाहीका लागि आजै इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा बुझाइएको सशस्त्र प्रहरी बलका सूचना अधिकारी स.प्र.ना.उ. विश्वराज योन्जनले जानकारी दिए।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, मुख्यालय पर्साले लागुऔषध नियन्त्रण तथा सीमा सुरक्षामा जारी निगरानीलाई अझ कडाइका साथ निरन्तरता दिएको जनाएको छ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः