लागूऔषध सहित बाराका एक जना हेटौंडाबाट पक्राउ

बारा,१२ पुस । मकवानपुरमा प्रहरीले अवैध लागूऔषध खैरोहेरोइन सहित बारा जिल्लाका एक एक गरि दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा  बाराको विश्रामपुर गाउँपालिका ८ नकाटुवा टोल बस्ने २१ वर्षका शेख आजाद र हटिया दाविलेका ३२ वर्षका विदनकुमार भुजेल रहेका छन् ।

हेटौँडा उपमहानगर- १७ दाविलेबाट खैरोहिरोइन सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए । उनीहरुको साथबाट २ ग्राम ५४० मिलिग्राम खैरोहेरोइन फेला परेको प्रहरीले जनाएको छ ।

लागूऔषधसहित पक्राउ परेका दुई जना लाई जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः