बारामा ब्राउन सुगरसहित दुई महिला पक्राउ

spot_img

वीरगञ्ज,२९ कात्तिक  । ईलाका प्रहरी कार्यालय सिमरा बाराको टोलीले लागुऔषध ब्राउन सुगरसहित दुई जना महिला पक्राउ गरेको छ।पक्राउ पर्नेमा पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा नं. ६ बस्ने ३५ बर्षीया सुसिला देवी र पोखरिया नगरपालिका वडा नं.  ७ बस्ने ३० वर्षीया पुजा देवि पक्राउ परेको सिमराका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक वेद जोशीले जानकारी दिएका छन् ।बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.  ०५ लल्का पुल स्थितमा इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब निरीक्षक  दिपककुमार बस्नेतको कमाण्डमा र लागु औषध नियन्त्रण व्युरो पर्साबाट प्रहरी सहायक निरीक्षक  गोपाल खड्काको कमाण्डमा विशेष सूचनाको आधारमा खटिएको टोलिले उनीहरुलाई पक्राउ गरेको हो।

वीरगंजबाट पथलैया तर्फ पैदल आउदै गरेको जाँच गर्दा पटेर्वा सुगौली ६ बस्ने ३५ वर्षीय सुसिला देविको साथबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ  ७ पुरियामा ४४.४०० ग्राम (चवालिस ग्राम चार सय मिलिग्राम) फेला परेको डिएसपी जोशीले जानकारी दिए ।

उनका अनुसार दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय सिमरामा ल्याई राखिएक छ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः