प्रहरीको बडी प्रोटेक्टरसहित १ जना किशोर पक्राउ

वीरगञ्ज | जेनजी प्रदर्शनको क्रममा आगजनी र लुटमा संलग्न एक जनालाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे घर भएर भक्तपुर नगरपालिका–७ स्थित जगाती बस्दै आएका अङ्कित मोक्तान छन् ।

१८ वर्षीय मोक्तानलाई जगातीबाट पक्राउ गरिएको भक्तपुरका एसपी सूर्यबहादुर खड्काले रातोपाटीलाई बताए । जेनजी आन्दोलनमा उनी प्रहरी वृत्त जगातीमा आगजनी र लुटमा संलग्न रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ  ।

आरोपीको डेराबाट प्रहरीले बोक्ने वाकीकटीको व्याट्री, बुट, कमाण्डो ब्याग र बडी प्रोटेक्टर सहितका सामाग्री बराद गरिएको एसपी खड्काले जानकारी दिए । भदौ २४ मा उनले लुटेको प्रहरीको बुट पनि बरामद गरिएको छ । आरोपीमाथि प्रहरी वृत्त जगातीले अनुसन्धान गरिरहेको छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः