प्रदेश प्रमुखको गोप्य शपथ संवैधानिक मर्यादामाथि प्रहार हो : जसपा नेता यादव

वीरगञ्ज बारा क्षेत्र नं.३ का पूर्व संघीय सांसद तथा जनता समाजवादी पार्टी (जसपा), नेपालका नेता रामबाबु यादवले मधेश प्रदेशमा भएको पछिल्लो राजनीतिक घटनाक्रमलाई घोर आपत्तिजनक र अस्वीकार्य बताएका छन् ।

नेता यादवका अनुसार स्वास्थ्यमा समस्या भएको भन्दै राति जनकपुरबाट निस्केकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीज्यूले सिन्धुली–महोत्तरी सिमानामा रहेको एउटा होटलमै एमाले सांसदलाई मुख्यमन्त्रीको रूपमा शपथ गराउनु संविधान र प्रदेशको मर्यादामाथिको घृणित प्रहार हो।

उनले यस्तो गैरसंवैधानिक र गोप्य तरिकाले गरिएको राजनीतिक खेल लोकतन्त्रमा कहिल्यै स्वीकार्य नहुने बताए ।

यादवले प्रदेश प्रमुखले कुनै दलको कार्यकर्ता सरह काम गरेको आरोप लगाउँदै भने, “प्रदेश प्रमुखले संवैधानिक नियम, मर्यादा र जनताको अपेक्षालाई बिर्सिएर चालिएको कदमले राज्य, संविधान र प्रदेशको अस्मितामै गम्भीर चोट पुर्‍याएको छ।”

उहाँले यस्ता कार्यहरूले लोकतन्त्र र संघीय व्यवस्थाको उपहास भएको टिप्पणी गर्दै सम्पूर्ण लोकतान्त्रिक शक्तिहरूले यसको विरोधमा उभिनुपर्ने बताए ।

 

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः