प्रचण्डको लगानी रहेको भनिएको रिसोर्टमा तोडफोड गरेको आरोपमा पाँच जना पक्राउ

वीरगञ्ज। जेनजी आन्दोलनको क्रममा भदौ २४ गते पोखराको वरपिपल रिसोर्टमा तोडफोड तथा आगजनी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१७ घारीपाटन बस्ने २९ वर्षीय रुपक नेपाली, पोखरा–१८ बस्ने ४२ वर्षीय खड्कबहादुर थापा, ३२ वर्षीय खुमराज गुरुङ, ४७ वर्षीय नवराज खड्का र २७ वर्षीय एलिसा गुरुङ रहेका छन् ।

उनीहरूलाई पक्राउ गरेर आपराधिक उपद्रवमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए ।

रुपकले वरपिपल रिसोर्टमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको लगानी रहेको भन्दै भीडको नेतृत्व गरेर तोडफोड र आगजनी गराउन पुगेका प्रमाणहरू संकलन भएको प्रहरीको भनाइ छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः